गायक प्रकाश सपुतकाे नयाँ गीत ‘पिर’ विवादमा तानिएकाे छ। शुक्रबार मात्रै युट्युब च्यानलमार्फत् सार्वजनिक भएकाे गीतमा माओवादी जनयुद्ध लडेका मानिसहरूलाई गलत चरित्रमा प्रस्तुत गरिएकाे भन्दै चाैतर्फी आलाेचना भएकाे हाे।
सँगै माओवादी जनयुद्ध लडेका केही व्यक्ति सत्तामा पुगे पनि धेरैजसाे लडाकुकाे अवस्था नफेरिएकाे कुरालाई उठान गरिएकाे साेही गीतकाे एउटा दृश्यलाई लिएर मानिसहरूले आलाेचना गरेका हुन्। जहाँ जनयुद्ध लडेकी महिला ‘देह व्यापार ’ मा लाग्न बाध्य भएकाे आशय व्यक्त गरिएकाे छ।
भिडियाेकाे करिब ९ मिनेटदेखि १० मिनेटकाे अवधिमा उक्त दृश्य समावेश गरिएकाे साेही कुरालाई लिएर धेरैले चर्काे आलाेचना गरेका छन्।