प्रतिनिधिसभा बैठकमा एमाले सांसदको नाराबाजी 

File Photo
File Photo

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन्। एमालेले गत भदौ २३ गतदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ।

एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति: : 2022-03-13 13:42:00

प्रतिकृया दिनुहोस्