बारामा काँग्रेसको दोस्रो चरणको निर्वाचन हुँदै 

नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ।

शनिबार तय भएको मतदान आइतबार सारिएको निर्वाचन समितिले जनाएको छ।

फागुन २५ गते भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो।

काँग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत मत सभापति पदका ३ जना उम्मेदवारमध्ये कसैले प्राप्त गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको हो।

पहिलो चरणको निर्वाचन अन्तर्गत सभापतिका उम्मेदवारहरु मध्ये राजेश राय यादवले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामान्द यादवले ७०८ मत प्राप्त गरेका थिए। कुल मतदाता संख्या २४८० जना रहेका छन्।

पार्टीको बिधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दिा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए।

आइतबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी रहेपनि करिब १० बजेदेखि मतदान सुरु भएको उनले जानकारी दिए।

राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने, यादव संस्थापन इतरका हुन्। तेश्रो स्थानमा रहेका रमानन्द यादवले राजेश राय यादवलाई समर्थन गरेपछि बुढाथोकी र यादव बीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2022-03-13 16:36:00

प्रतिकृया दिनुहोस्