पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम प्रेस सेन्टरमा प्रवेश

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन्।

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिएमलाई प्रेस सेन्टरमा प्रवेश गराएका हुन्।

उनी नेकपा मसाल (राष्ट्रिय जनमोर्चा) निकट प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष पनि हुन्।

जिएम विपुल पोख्रेल नेतृत्व गठबन्धन प्यानलबाट नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षमा विजयी भएका थिए।

केही समयदेखि नेकपा मसालमा विवाद बढ्दै गएको छ। सोही कारण उनले पार्टीको गतिविधि मन नपरेको बताउँदै सामाजिक सञ्जालमार्फत् एक राजीनामा दिएको घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2022-03-15 15:25:00

प्रतिकृया दिनुहोस्