मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

File Photo
File Photo

सरकारले संघीय संसदकाे चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठककाे बैठकले मंगलबार मध्य राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ। हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो।

प्रकाशित मिति: : 2022-03-15 17:58:00

प्रतिकृया दिनुहोस्