पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी, अन्तिम ३० बाटै बाहिरिन् नम्रता श्रेष्ठ 

यस वर्षको विश्व सुन्दरीको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन्।

बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा बेइलावस्का विजेता घोषित भएकी हुन्।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भएकी छन्। यसपटकको फिनालीमा ४० जनाले सहभागीता जनाएका थिए।

त्यसैगरी नेपालबाट प्रतिस्पर्धा गरेकी मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम ३० बाट बाहिरिन्।

प्रकाशित मिति: : 2022-03-17 10:34:00

प्रतिकृया दिनुहोस्