प्रदेश १ मा माओवादीको दाबी : एक्लै ३० बढी पालिका जित्छौँ

रातोपाटी

अर्जुन आचार्य

 

नेपालको राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तेस्रो दलका रुपमा स्थापित छ। ०७४ सालको निर्वाचनमा माओवादीले प्रदेश १ का १३७ स्थानीय तहमध्ये ८ वटामा मात्रै जित निकाल्न सकेको थियो। यसपालि भने ३० भन्दा बढी पालिकाहरुमा एक्लै जित्ने माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) को दाबी छ।

देशका अन्य भागमा जस्तै प्रदेश १ मा पनि नेकपा एमाले र नेपाली काँग्रेस नै दुई ठूला पार्टीमा रुपमा रहेका छन्। साथमा माओवादी,जसपा,राप्रपा जस्ता शक्तिहरु पनि यो प्रदेशमा अस्तित्वमा छन्। एमाले फुटेर बनेको एकीकृत समाजवादी नयाँ दलका रुपमा उदाएको छ। पहिचानवादी (लिम्बुवान) पार्टीका रुपमा परिचित प्रदेशसभामा एकसीट रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि केही स्थानीय तहमा सामान्य प्रभाव देखिन्छ।

प्रकाशित मिति: : 2022-03-18 08:34:00

प्रतिकृया दिनुहोस्