राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : धनश्याम भुसाल

एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन्।

भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताए।

राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ, अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखाएमा त्यो राजनीतिका लागि खतरनाक रहेको उनकाे भनाइ छ।

नेता भुसालले घुस नखाने नेताहरूको पार्टी वा पार्टीहरू घुस नखाने मान्छेहरूको पार्टी बन्दिए भने देश विकास समृद्धि हुने बताए।

प्रकाशित मिति: : 2022-03-18 16:42:00

प्रतिकृया दिनुहोस्