पिरबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन्। अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो। उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए। 

गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन्। जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ।

प्रकाशित मिति: : 2022-03-19 18:08:00

प्रतिकृया दिनुहोस्