कनकाईको विलमा ठेकेदारको प्यान नम्बर, खुइलिएको बाेर्डलाई ९ सय रुपैयाँ कर

सन्ताेष विष्ट

बिर्तामोड
File Photo
File Photo

कनकाई नगरपालिकाले एक व्यवसायीले पसलमा बोर्ड राखे वापत ९ सय रुपैयाँ कर असुली गरेको छ। चैत ५ गते नगरपालिकाले रसिद काटेर ९ सय रुपैयाँ लिएको पाइएको हाे।

कनकाई नगरपालिका वडा नं. ५ स्थित हनुमान चोकका व्यवसायी दिनेश गौतमले सञ्चालन गर्दै आएको शारदा भेराइटिजमा बोर्ड राखे वापत नगरपालिकाले सो रकम असुली गरेको हो। सञ्चालक गौतमले एउटा खुइलिएको बोर्ड राख्दा पनि यतिधेरै रकम लिएको गुनासो गरेका छन्।

कनकाई नगरपालिकाले विज्ञापन कर वापत सो रकम लिएको हो। विज्ञापन कर उठाउन मनकामना फेन्सी पसलले ठेक्का पाएको विलमा उल्लेख छ। ठेक्का पाउने फर्मले आफ्नै विल, विजक प्रयोग गर्नुपर्नेमा नगरपालिकाको विल प्रयोग भएको पाइएको छ।

नगरपालिकाको विलमा ठेकेदारले आफ्नो पान नम्बर राखेर विल बनाएको पाइएको छ। जुन नाममा विल छ, त्यसको आफ्नै पान नम्बर उल्लेख हुनुपर्नेमा ठेकेदारले आफ्नै पान नम्बर राखेको भेटिएको छ।

प्रकाशित मिति: : 2022-03-21 10:36:00

प्रतिकृया दिनुहोस्