प्रहरी मृत्यु प्रकरण : यस्ताे छ कर्फ्यु लागेकाे लेटाङको अवस्था (फोटोसहित)

मोरङको लेटाङमा स्थानीयको आक्रमणमा हिजो एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन्।

दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ।

त्यहाँको अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको प्रजिअ दाहालले जानकारी दिए।

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। आरोपीलाई बचाउने प्रयास भएको गलत बुझाईको कारण घटना भएको बताइएकाे छ।

प्रकाशित मिति: : 2022-03-21 15:15:00

प्रतिकृया दिनुहोस्