दुई महिनादेखि एक्लै परेको हिमाली गिद्ध

गिद्धको स्याहारमा खटेका छन् स्थानीय युवा र पशु चिकित्सक

सेतोपाटी

दिपकजंग शाही

उसका साथीहरू कहाँ कहाँ उडिगए। ऊ जंगलमा यताउता आफ्ना पखेटा फिँजाउँदै छट्पटाउँछ। समूहमा बस्ने ऊ दुई महिनादेखि एक्लै बाँच्न बाध्य छ।

ऊ हो हिमाली गिद्ध।

दुर्लभ पंक्षी मानिने एउटा हिमाली गिद्ध अहिले सुर्खेतको काँक्रेबिहार जंगलमा छ। आफ्नो समूहबाट छुटेपछि एक्लै परेको यसलाई केही समय डिभिजन वन कार्यालय सुर्खेतमा राखिएको थियो।

यो गिद्ध कसरी यहाँ आएर एक्लियो भन्ने यकिन छैन। यसलाई स्याहार गरिरहेकाहरूले सुर्खेतको आकाशमा समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरेका छन्।

'समूहमै उडिरहेका बेला सिद्धपाइलातिरको बिजुलीको तारमा ठोक्किएर अलग्गिएको हुनसक्ने अनुमान हाम्रो छ,' काँक्रेबिहारमा छोडिएपछि गिद्धको स्याहारमा लागेका वीरेन्द्रनगरका युवा नवराज बोहोराले भने, 'भुइँमा झरेर उड्न नसकिरहेको गिद्धलाई कुकुरले लखेट्न थालेपछि स्थानीयले वन कार्यालयलाई खबर गरिदिएका रहेछन्।'

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार यो एक 'भल्चर' प्रजातिको हिमाली गिद्ध हो। यो गिद्धलाई हेर्ने छुट्टै चरा विशेषज्ञहरू यहाँ उपलब्ध नभएकाले किताबमा हेरेर यसलाई 'भल्चर' प्रजातिको हिमाली गिद्ध भएको निश्कर्ष आफूहरूले निकालेको कार्यालय प्रमुख मुनबहादुर रावतले बताए।

प्रकाशित मिति: : 2022-03-28 10:51:00

प्रतिकृया दिनुहोस्