अभाव र मूल्य बढ्ने त्रासले पेट्राेल भर्नेहरूकाे धुइँचाे (भिडियाेसहित)

मदन नेपाली

काठमाडौं

काठमाडौंका अधिकांश पम्पहरूमा पेट्राेलियम पदार्थ भर्नेहरूकाे धुइँचाे लाग्न थालेकाे छ। अभाव र मूल्यवृद्धिकाे त्रासले धेरैजस्ताे मानिसहरू पेट्राेलियम पदार्थ भर्न आउँदा शुक्रबार साँझदेखि पम्पहरूमा धुइँचाे लाग्न थालेकाे हाे।

शुक्रबार साँझदेखि सुरू भएकाे लाइन शनिबार बेलुकीसम्म पनि जारी छ। आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो।

भिडियाे : 

प्रकाशित मिति: : 2022-04-02 18:15:00

प्रतिकृया दिनुहोस्