समता समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारकाे शब्दमा, केटिएम साेल्जाकाे आवज र बिटमा, राेसन परियारको निर्माणमा र (किरण ब्यञ्जनकार) वाइल्ड याक रेकर्डकाे प्रस्तुतिमा 'बाबू के थरी' बाेलकाे र्याप गीतकाे भिडियो सार्वजनिक भएको छ।
र्याप गीतको भिडियोमा रङ्गकर्मी राजकमल फकिरकाे अभिनय छ। भने, निर्देशन मनिष निराैंलाले गरेका हुन्। भिडियोकाे छायांकन पाटन आसपासमा गरिएको छ।
निर्माणता राेसन परियार बताउँछन्,'बाबू के थरी' पहिला कविताको रुपमा थियो। कविता पढेपछि मलाई साह्रै मन छाेयाे। उक्त कवितालाई र्याप गीत बनाउनुपर्छ भन्ने मनमा आयो। ताकि युवा जमातमा केही सन्देश पुगाेस्। जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ, त्यो आम मानिसले बुझुन् भन्ने हाे।'
साहित्यकार परियार भन्छन्,'बाबू के थरी कविता जातीय कुप्रथाकाविरुद्ध लेखिएको हाे। याे कवितामात्रै नभएर आक्राेश पनि हाे। यस कवितालाई र्याप गीत बनाउने राेसन परियारकाे याेजना मन परेकाले यस परियोजना जाेडिएकाे हुँ।'
'र्याप संगीतकाे इतिहास विभेदसँग जाेडिएकाे छ। कथित सामाजिक संरचनाका विरुद्ध र्याप गीत गाइन्थ्याे। अश्वेत समुदायको पीडा पाेख्ने माध्यम पहिले र्याप थियो। अझ र्याप गीतलाई प्रेटेस्ट पाेएट्री पनि भन्छन्। अहिले संसारमै र्याप युवा जमातमा निकै लाेकप्रिय छ। त्यसकारण पनि 'बाबू के थरी' र्याप गीत विशेष छ। जातीय विभेद विरुद्ध छ। समाजिक समानता र समताकाे वकालत गरेको छ। निश्चितरूपमा यस र्यापले युवा जमातमा केही सन्देश अवस्य दिनेछ' साहित्यकार परियारले थपे।
सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनु नै यस गीतको विशेषता हाे। र्यापरकाे गायकीले, गीतमा झन् उर्जा थपिदिएकाे छ। र्यापर केटिएम साेल्जा, नेपाली र्याप विधाकाे उदाउँदो नक्षत्र हुन्।