नावालिग किशारीलाई विवाहको प्रलोभनमा पारी जबर्जस्ती करणीको आरोप लागेका पल शाहलाई अर्को अदालतले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यो आदेश जिल्ला अदालत, पूर्वी नवलपरासीका न्यायाधीश अर्जुन अधिकारीको इजलासले दिएको हो ।
यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट उनी कारागार चलान भइसकेका छन्। तनहुँ कारागारामा रहेका शाहविरूद्ध पूर्व नवलपरासीमा पनि किटानी जाहेरी परेकाले उनलाई वयानका लागि नवलपुर ल्याइएको थियो ।
तनहुँ जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पोखरामा पुनरावेदनमा गएका पललाई फेरि अर्को संकट आइलागेको छ। कथम्कदाचित उच्च अदालत पोखराले तारेखमा छोड्ने आदेश दियो भने पनि उनी जिल्ला अदालत, पूर्वी नवलपरासीको आदेशमा कारागारमा जानुपर्ने हुन्छ।
यसरी दुबै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै पठाउने निर्णय गरेकाले अब उनी कारगारबाहिर रहेर मुद्दा लड्ने स्मभावना टाढिएको छ।