कल्पना गर्न नसकिने तर्क गरेर नेपालीलाई भारतीय भन्दै गरिदिए फैसला, सफाई लगत्तै फरार

उकेरा

काठमाडौँ
Breaknlinks
Breaknlinks

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त नेपाली नागरिक सोले भनिने दुर्गा बहादुर बुढाथोकीलाई भारतीय आधार कार्डको आधारमा मात्रै अदालतले नेपाली नागरिकै नभएको भन्दै सफाई दिएको खुलेको छ।

गत असोज ५ गते दुर्गा बहादुर बुढाथोकी नाम नै गलत भएको उनी भारतीय नागरिक भएको भन्दै न्यायाधीश अम्बिका प्रसाद निरौलाले उनलाई सफाइ दिएका थिए। उनी नेपाली नागरिक नै भएको तर अपराधबाट जोगिन भारतीय आधार कार्ड बनाएर भारतमा बसेको प्रमाण भए पनि न्यायाधीशले अस्पष्ट भएको अवस्थामा थप प्रमाण माग्नुको साटो नेपाली नागरिक भएको पुष्टि नभएको भन्दै सफाई दिएका थिए। 

चैत १३ मा आएको फैसलाको पूर्ण पाठमा न्यायाधीशले टेकेका आधार हेर्दा उनले अभियुक्त दुर्गा बहादुर बुढाथोकीको प्रमाणलाई आधार मानेका छन् भने अदालतको तर्फबाट कुनै प्रमाण मागेका छैनन्।

प्रकाशित मिति: : 2022-04-09 15:44:00

प्रतिकृया दिनुहोस्