गठबन्धनको ‘ट्र्याप’मा प्रधानमन्त्री

‘वेस्ट मिनिस्टर’ प्रणालीमा प्रधानमन्त्री शक्तिशाली हुनुपर्ने हो। मन्त्रिपरिषद् प्रधानमन्त्रीकै ‘कन्ट्रोल’मा हुनुपर्ने हो। तर, प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको छायाँमा परेर निरीह देखिएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको प्रभावमा सरकार चलिरहेको देखिन्छ।

देउवामा पुनः प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा देखिन्छ। त्यसका लागि उनी यो गठबन्धन गुमाउन चाहँदैनन्। यो कुरा बुझेका दाहाल र नेपालले देउवालाई ‘ट्र्याप’मा राखेर राजनीतिक फाइदा लिइरहेका छन्। दाहाल र नेपाल जे भन्छन्, त्यही गरिरहेका छन् प्रधानमन्त्री देउवा। उनीहरूका आफन्त, नजिक नेता, कार्यकर्तालाई धमाधम नियुक्ति दिइरहेका छन्। आफ्नो पार्टीका नेतालाई धपाएर गठबन्धन दलका नेताको दबाबमा मन्त्री, राजदूत बनाउन देउवा बाध्य देखिन्छन्। 

प्रकाशित मिति: : 2022-04-12 07:35:00

प्रतिकृया दिनुहोस्