[अपडेट] ओखलढुङ्गामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाइते

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बुधबार बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश  प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको र प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिला प्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो भने प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन्।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2022-04-13 15:58:00

प्रतिकृया दिनुहोस्