परिवर्तन गाउँपालिकामा को–को छन् अध्यक्षका आकांक्षी ?

आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रोल्पाको परिवर्तन गाउँपालिकामा चुनावी माहोल तातेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आ–आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला र प्रशिक्षणलगायत कार्यक्रममा पनि धमाधम गर्दै गएका छन्।

कुरेली, राङ्सी, थुनिकोट, पाछाबाङ, राङ्कोट, नाफे गाउँ विकास समिति मिलेर बनेको यस परिवर्तन गाउँपालिका माओवादी केन्द्रको किल्लाको रुपमा स्थापित छ। प्रत्यक्ष रूपमा माओवादी जनयुद्ध भोगेका मानिसको बसोबास गर्ने यहाँको राजनीतिक परिदृश्य अन्य ठाउँभन्दा भिन्न छ।

माओवादी केन्द्रको वर्चस्व रहेको यस गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा र राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दलको प्रभाव रहेको छ।

यसअघिकाे स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा माओवादीले ६ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा विजय हासिल गरेको थियो। त्यतिबेला गाउँपालिका अध्यक्षमा माओवादीका निमकान्त डाँगीले भारी मतसहित विजय प्राप्त गरेका थिए।

यसपटक पनि निर्वाचनको मिति नजिकिएसँगै यस गाउँपालिका अध्यक्षमा को उठ्लान् ? भन्ने प्रश्न धेरैकाे मनमा उब्जिन थालेको छ। साेहीअनुसार राजनीतिक दलहरू पनि उम्मेदवार चयनको तयारीमा जुटेका छन्। वर्तमान अध्यक्ष निमकान्त डाँगीसँगै माओवादीकै काशीराम बुढा (झन्कार), शुकबहादुर बुढा (थमन) देबबहादुर बुढा (दिनेश) जुना घर्तीको नाम सिफारिस गरेको छ।

त्यस्तै, कांग्रेसबाट यसअघिकाे निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका झक्कुप्रसाद घर्ती, उपाध्यक्ष लक्ष्मी डाँगीकाे पनि उम्मेदवारीमा उठ्ने सम्भावना कायमै छ। त्यस्तै, एमालेबाट गत निर्वाचनमा पराजित लोकेन्द्र घर्ती र एमाले प्रदेश कमिटी सदस्य गंगाप्रसाद बुढा, हरिप्रसाद वली र मनकुमारी रोका गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ।

यसपाली परिवर्तन गाउँपालीकामा उपाध्यक्षको लागि भने धेरै सकस पर्ने देखिन्छ। स्रोतकाअनुसार उपप्रमुखमा माओवादी केन्द्रले कल्पना बिस्ट, खमिता राना, चाँदनी केसी, विष्णु सोनाम, फर्मिला महर, लक्ष्मी वली, हितकुमारी बुढा (पुर्व उपाअध्यक्ष) भागीरथी घर्तीको नाम जिल्लामा सिफारिस गरेको छ।

यी नामाङ्कन व्यक्तिहरुमा वडा न. ०३ का पूर्व सदस्य तथा गाउँ कार्यपालिकाका सदस्य कल्पना बिस्ट जनस्तरबाट रुचाइएकी छिन्। उनको कार्यकालमा समग्र गाउँपालिकाकै महिला उत्थानमा उल्लेखनीय काम गरेकोले सबैको मनमा बस्न सफल छिन्, उनी। गाउँपालिकाभित्र शिक्षा स्वास्थ्य भौतिक पूर्वाधारलगायत जनयुद्धका घाइते अपाङ्गको हक/हितका लागि काम गरेकोले उनले टिकट पाएमा बहुमतका साथ जित्ने स्रोतको दाबी रहेको छ।

प्रकाशित मिति: : 2022-04-14 14:09:00

प्रतिकृया दिनुहोस्