गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन्। गायिका राईले गिटारिस्ट सञ्जिव बराइलीसँगको तस्बिर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन्।
गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्बिर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन्।
उनीहरू विगत ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए। तथापि, यसअघि नै भएकाे इन्गेजमेन्टकाे फाेटाे शुक्रबार सार्वजनिक गरेका हुन्। केही महिनापछि विवाह गर्ने तयारीमा रहेका गायिका राईले बिएल नेपाली सेवासँग बताइन्।
‘हाे, हामी पाँच वर्षदेखि प्रेममा थियाैँ। अब छिट्टै नै विवाह गर्ने तयारीमा छाैँ, विवाहकाे मिति भने अझै तय भएकाे छैन,’ गायिका राईले भनिन्।
‘सामाजिक सञ्जालमा केही नकारात्मक कुरा पनि आएका छन्। नारीलाई सम्मान गर्ने उहाँकाे व्यवहारले मेराे मन जित्याे,’ उनले थपिन्,