दुईवटा मोटरसाइकल जुध्दा युवकको मृत्यु 

File Photo
File Photo

राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ।

देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे।

बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको ज्यान गएकाे इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई  उपचारका लागि  अस्पताल लगिएकाे थियाे। तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए।

दुर्घटनामा भारतकाे बिहारका विकास यादव घाइते भएका छन्। 

प्रकाशित मिति: : 2022-04-18 09:16:00

प्रतिकृया दिनुहोस्