परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ६ स्थित जरलहवा गाछी भन्ने गाउँमा भएको आगलागी नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् डिएसपी सन्तु जैसवारले ७ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए। 

आगलागीबाट कति घर जले भन्ने एकिन तथ्यांक संकलन गर्ने काम भइरहेको छ। हालसम्म १०० बढी घर पूर्ण रुपमा जलेको अनुमान गरिएको छ। 

अहिले आगलागी पीडितलाई राहत दिने काम भइरहेको छ। वडा नम्बर ६ का वडाध्यक्ष कलिम अंसारीले वडा कार्यालयबाट केही राहत वितरण गर्ने काम भइरहेको जानकारी दिए। 

बुधबार दिउँसो ३ बजेबाट परालको कुन्युबाट आगो सुरु भएको देखिएको डिएसपी जैसवारले बताए। फुसको छाना भएका घर भएकाले आगाे  नियन्त्रणमा लिन गाह्रो भएको थियो। 

क्षेतिको विवरण अझै आइसकेको छैन। यसअघि नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागीबाट धेरै क्षेति भएको र सहयोग गरिदिन आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2024-04-24 19:39:00

प्रतिकृया दिनुहोस्