चाैथाे पटक विश्वासकाे मत लिँदै मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि एकपटक  विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन।

पछिलो केही समय पहिला केन्द्रमा समीकरण फेरिएसँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते काँग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो।

काँग्रेसले सरकारबाट बाहिरिए सँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो। मधेस प्रदेशमा १०७ प्रदेशसभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ।

प्रकाशित मिति: : 2024-04-16 08:07:00

प्रतिकृया दिनुहोस्