रमिरो एलानिसः जसले २ सय ९२ पटक एउटै सिनेमा हेरेर विश्व रेकर्ड बनाए

फ्लोरिडाको रमिरो एलानिस नामका एक युवकले सन् २०२१ मा रिलिज भएको सिनेमा 'स्पाइडर म्यान–नो वे होम' २ सय ९२ पटक एकपछि अर्को 'शो' हेरेर विश्व रेकर्ड बनाएका हुन्।

एलानिसले यो सिनेमा हेर्न मात्र सिनेमा घरमा सात सय २० घण्टा बिताएका थिए। उनले यो सिनेमाको टिकट खरिद गर्न मात्र करिब तिन हजार चार सय डलर खर्च गरेका छन्। उनको यो रेकर्डलाई गिनिज बुकले आफ्नो रेकर्डमा सामेल गरेको छ।

करिब दुई सय मिलियन डलरमा निर्माण भएको यो सिनेमाका निर्देशक जन वाटस हुन् भने टम हल्याण्ड, जेण्डाया आदिले अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2022-04-18 09:21:00

प्रतिकृया दिनुहोस्