मेलम्ची खानेपानी आयोजना: सुन्दरीजल आइपुगेको पानी 'आइतबारदेखि घरघरमा'

बिबिसी

काठमाडाैँ

आगामी साताबाट काठमाण्डूमा मेलम्ची नदीबाट ल्याइएको पानी वितरण सुरु गर्न सकिने सम्भावना देखिएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।

गत चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पठाइएको पानी सुन्दरीजल आइपुगेसँगै यस्तो सम्भावना बढेको बताइएको छ।

आयोजनाको हेडवर्क्स भनिने संरचनाको मर्मत एवं सुरुङ तथा त्यहाँ पुग्ने रुटको सफाइ कार्य सकिएसँगै पानी पठाउन सुरु गरिएको थियो।

प्रकाशित मिति: : 2022-04-19 19:07:00

प्रतिकृया दिनुहोस्