अध्यागमन विभागमा अमेरिकी बाबु र भारतीय आमाबीच छोरी ‘तानातान’

सेतोपाटी

काठमाडौं

नेपालको अध्यागमन विभागमा अमेरिकी नागरिक र उनकी पूर्व-श्रीमतीबीच छोरीलाई लिएर तानातान भएको छ।

अमेरिकी पासपोर्ट भएका करण गोयल आफ्नी ८ वर्षीय छोरीको लागि भिजिट भिसा लिन मंगलबार विभागमा पुगेका थिए।

उनी आफ्नी छोरी समेतलाई लिएर त्यहाँ पुगेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। 

त्यस्तै मंगलबार नै बालिकाकी आमा तथा ती अमेरिकी नागरिकका पूर्वश्रीमती कनिका गोयल पनि विभाग पुगिन्। 

दुबै जना त्यहाँ पुगेपछि उनीहरूबीच छोरीलाई लिएर तानातान भएको थापाले बताए। 

प्रकाशित मिति: : 2022-04-20 18:37:00

प्रतिकृया दिनुहोस्