कोलकातामाथि गुजरातको जित

BCCI/IPL
BCCI/IPL

इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ अन्तर्गत शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि आठ रनको जित निकालेको छ।

गुजरातले दिएको १५७ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो।

कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए। यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ रनको योगदान गरे।

गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए।

यसअघि मुम्बईमा  टस जितेर ब्याटिङ गरेको  गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रनको योगफल तयार पार्‍यो। गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाए। यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ रनको योगदान गरे।

जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ। यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौं स्थानमा छ।

प्रकाशित मिति: : 2022-04-23 21:06:00

प्रतिकृया दिनुहोस्