गायिका एलिना चौहानकाे गीत 'मेरी आमा' सार्वजनिक भएकाे छ।
वैसाख १७ गते मातातीर्थ औंसीको अवसर पारेर उनले साे गीत आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
गीतकाे लेखक र शब्द लेखु सहयात्रीले लेखेका हुन्।
आमामा समर्पित उक्त गीतको संगीत संयोजन भने विशम आचार्यले गरेका छन्।
गीतमा आमाले आफ्नो सन्तानप्रति गरीएको स्नेह प्रस्ट रुपमा झल्केको छ र आमालाई देविको अर्को रुप भनिएको छ।
गीतमा आमाले सन्तानप्रति गरेको दुःख, आफूले पाएको दुःख र सन्तानले गर्नुपर्ने कर्तव्यलाई प्रस्टाउन खोजिएको छ।