गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ। हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन्।
दीपक गिरीले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीको अभिनय रहेको छ। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।