गठबन्धन हाेस् त जर्मनीकाे जस्ताे

शिलापत्र

जीवा लामिछाने

आइतबार जर्मनीमा एक सहकर्मीका छोराको धार्मिक संस्कारमा भाग लिइरहँदा नेपालमा स्थानीय चुनावको सरगर्मी बढिरहेको थियो। नामाङ्कन गर्ने पहिलो दिन १० हजार ५ सय ३३ जनाको उम्मेदवारी परेको खबरले मेरा आँखा धर्मसंस्कारमा भन्दा मोबाइलको स्क्रिनमा बढी केन्द्रित थिए।

यसपटक 'अटेरी समूह' पनि स्थानीय चुनावमा ठूला दलसँगै स्वतन्त्र ढङ्गले मतदातालाई रिझाउन मैदानमा उत्रिइरहेका थिए। पोखरामा गनेस पौडेल, काठमाडौंमा बालेन शाहजस्ता गैरदलीय नाम अहिले चर्चामा आएका छन् । यस्तो उम्मेदवारी कत्तिको प्रभावशाली होला, थाहा छैन ।  तर, निर्वाचनमा युवाहरूको यो एउटा हस्तक्षेप भने पक्का हो । र, यो हस्तक्षेपले राजनीतिक दलहरूले उपेक्षा गरेको नीतिमूलक राजनीतिको क्षयीकरणप्रतिको विरक्तिपनलाई उजागर गरिरहेको छ ।

यस्ता गतिविधि र परिदृश्यहरू आफ्नो देशमा देखिइरहँदा हामी प्रवासी नेपालीहरूले आफू बसेको देश/ठाउँसँग नेपाली राजनीतिलाई तुलना गर्न थालिहाल्छौँ । चुनाव जित्नैका लागि गरिएका अनेक गठबन्धनका समाचारहरू पढ्दा जर्मनीमा पार्टीहरूको चुनावी गठबन्धनको उदाहरण याद आउने गर्छ । नेपालको यो स्थानीय चुनाव निकै महत्त्वको छ । यही चुनावले आगामी वर्ष हुने संसदीय निवार्चनलाई सशक्त रूपमा प्रभाव पार्नेछ । सोही कारण पनि यो चुनाव, नीति नमिल्ने पार्टीहरूबीच कार्यगत एकता र गठबन्धन निकै रोचक बन्न पुगेको छ ।

प्रकाशित मिति: : 2022-04-26 18:17:00

प्रतिकृया दिनुहोस्