यी नेतालाई किन दुख्दैन सुदूरपश्चिमका युवाको पीडा!

सेतोपाटी

हिरा विश्वकर्मा

दिनअघि राष्ट्रिय स्तरको एउटा टेलिभिजन च्यानलले आफ्नो मुख्य समाचारको समयमा सुदूरपश्चिमको गौरीफन्टा नाकामा सीमा पार गर्न लागेका युवाहरूको ताँती देखायो।

उक्त दृश्य देखाउनुअघि टेलिभिजनले धनगढीको बसपार्कमा भेला भएका केही युवाहरूलाई पछ्याएको रहेछ। तीमध्येका केहीसँग संवाद गरेको रहेछ।

संवादको एउटा प्रश्न थियो– देशमा स्थानीय तहको चुनाव आउँदै छ, चुनावमा भोट नहालीकन किन तपाईं भारत जाँदै हुनुहुन्छ?

तीन जना युवाको जवाफ एकै प्रकारको थियो– चुनावले हामीलाई केही दिँदैन, जसले जिते पनि हामीलाई रोजगारी दिने होइनन्। हामीलाई परिवार पाल्न पनि मुश्किल छ, अनि भारत नगएर के गर्ने? 

अर्का एक जनाले भने– यहाँ हाम्रा केही साथीहरूले लेबर काम गरेका थिए। तर तीन वर्षसम्म त्यसको भुक्तानी पाएनन् अनि यहाँ बसेर के गर्नु? 

यी सुदूरपश्चिमका प्रतिनिधि युवाहरू हुन्। उनीहरूको निराश जवाफबाट हामी सहजै अनुमान गर्न सक्छौं, देशमा हुन लागेको चुनावप्रति ग्रामीण युवाहरूको कुनै लगाव र चासो छैन। यो चुनावमा जसले जिते पनि उनीहरूको भान्साको चुलो बाल्न कसैले सघाउने होइन। 

प्रकाशित मिति: : 2022-04-29 13:15:00

प्रतिकृया दिनुहोस्