प्रहरीको अवकाशमा किन विभेद?

सेतोपाटी

शिवजी श्रेष्ठ

नेपालमा प्रहरीका प्रमुख वा उच्च अधिकारीहरूको अवकाशको क्षण आउँछ तब केही न केही चलखेल भएकै हुन्छ। अहिले सशस्त्र प्रहरी प्रमुख लगायत प्रहरीका उच्च अधिकारीहरूको अवकाश र नयाँ प्रमुख आउने दोसाँधमा ३० वर्ष नोकरी अवधिको प्रावधान ३२ वर्ष बनाउन गुपचुपमा गृह मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको समाचार बाहिरिएको छ।

गहन गृहकार्यबिना कुनै व्यक्ति विशेष वा समूलाई लक्ष्य गरेर सेवाअवधि बढाउन खोजिएको र यसबाट आफ्नो वृत्ति विकासमा असर पर्न सक्ने निष्कर्षसाथ केही प्रहरी अधिकारीहरू असन्तुष्ट छन्। यससम्बन्धी समाचार पनि आएको छ।

दुवै प्रहरी संगठन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, गृहमन्त्रालयको पूर्ण राजनीतिक नियन्त्रणमा चलेका छन् अर्थात यसरी नै चल्नुपर्ने नियतिबाट गुज्रिएका छन्। सेवा अवधि तन्काउने र छोट्याउने खेल विगतदेखि नै हुने गरेको छ। कोही अधिकारी जब आफू वृत्तिविकासका खुड्किला फटाफट चढ्दै गरेको हुन्छ तब उसलाई ३० वर्ष उचित लाग्छ। वृत्तिकासको खुड्किलो सकिएपछि सेवाअवधि बढाएर ३२ वा अझ बढी बनाउन इच्छा हुन्छ अनि पहुँचवालाहरूले चलखेल सुरू गर्छन्। 

प्रकाशित मिति: : 2022-05-01 18:19:00

प्रतिकृया दिनुहोस्