वरीयता मिचेर देउवाले गरेकाे अर्काे आईजीपी काण्ड

शिलापत्र

काठमाडौं

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका धीरजप्रताप सिंहलाई अर्का एआईजी विश्वराज पोखरेलले ७ चैतमा महानिरीक्षक शैलेश थापासँगै उभिएर दर्ज्यानी चिह्न पहिराइदिए ।

सिनियर एआईजी भएकाले पोखरेलले सिंहलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । तर ४१ दिनपछि उनै पोखरेलले सिंहलाई संगठन प्रमुखको रूपमा ‘स्यालुट’ गर्नुपर्ने भएको छ ।

एक महिनाअघि मात्रै डीआईजीबाट एआईजीमा बढुवा भएका सिंहलाई सरकारले आज महानिरीक्षकमा नियुक्त गरेपछि ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनमा राजनीतिकरणको अर्को प्रहसन थपिएको छ ।

एकै मितिमा प्रहरी सेवामा छिरे पनि पोखरेल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुँदा आफ्ना ब्याचीलाई टपेर एकल फड्को मारेका थिए । डीआईजीबाट एआईजीमा पनि पोखरेल सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका हुन् । अर्का एआईजी सहकुल थापा पनि सिंहभन्दा ८ महिनाअघि बढुवा भएका हुन् ।

प्रकाशित मिति: : 2022-05-02 19:48:00

प्रतिकृया दिनुहोस्