चुनावको मुखमा अराजक राजनीति !

थाहा खबर

काठमाडौं

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित चर्चामा आइराख्ने व्यक्ति हुन्। उनीमाथि लागेको ठूलै आरोप किन नहोस्? उनले हल्का रूपमा लिइदिन्छन्। 

उनीमाथि यौन दुर्व्यवहारको आरोप पनि यसअघि नलागेको होइन। तर, त्यो कुरा उनी स्वीकार्न तयार छैनन्।  

उनले उम्मेदवार दर्ता गराएपछि भनेका थिए, ‘आजकल यो पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन। मेरो अरू भनाइ छैन। बेलाबेलामा यो इस्यु उठ्छ। त्यसमा मेरो भनाइ केही पनि छैन। विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि।’

उनले काठमाडौं महानगरपालिकामा मेयर हुँदा २ युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। महानगरपालिकाकी पूर्व-कर्मचारी र एक पत्रकारले स्थापितले आफूहरूलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए। स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: : 2022-05-02 20:01:00

प्रतिकृया दिनुहोस्