गाैरादह– १ का स्थानीय भन्छन् : वडा अध्यक्षमा इन्द्रप्रसाद जस्ताे सही छैन अरू काेही

०४६ सालको जनआन्दोलनताका तत्कालीन सरकारविरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो। दलहरु खुला राजनीतिमा आउन सकिरहेका थिएनन्। दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँ–गाउँबाट जनजागरण ल्याउन सबै दलका किशोरहरु सक्रिय भएका थिए। तिनै पंक्तिमा थिए, झापा गौरादहका इन्द्रप्रसाद गौतम।

विद्यार्थी नेता गरुडध्वज बस्नेतबाट भर्खर नेविसंघको सदस्यता लिएका थिए। उबेला पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन। राति–राति संगठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारणलाई समाहित गर्न उनी गौरादहका गाउँ गाउँका टोलटोल पुग्थे।

जनआन्दोलन सफल भई प्रजातन्त्र पुनःस्थापनापश्चात भएयता नेपाली कांग्रेसको संगठनलाई व्यापक बनाउनमै उनले दिनहरु खर्चेका छन्। २०४९ सालमा गौरादह बहुमुखी क्यामपसको नेविसंघ इकाई सभापति भएर राजनीतिमा ‘डेब्यु’ गरेका गौतमले तरुण दल गौरादह गाविसको सचिव, नेपाली कांग्रेसको गौरादह सचिव, पार्टीकै दुई कार्यकाल गौरादह – १ सभापतिको जिम्मेवारी वहन गरिसकेका छन्।

सामाजिक क्षेत्रतर्फ रेडक्रस, सहकारी, मन्दिर व्यस्थापन समितिमा उनको संलग्नता रहेको छ। दुई वर्षदेखि गौरादह जनता मा.विमा व्यवस्थापन समिति अध्यक्ष पदमा उनी बहाल छन्। उनी अध्यक्ष भएयता स्कुलको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको स्थानीय बताउछन्।

कुनैबेला एमालेको गढ गौरादहमा आज नेपाली कांग्रेसको फैलावट दिनप्रतिदिन बढिरहेको छ। यसमा गौतमजस्तै उर्जाशील कांग्रेसजनको अहोरात्रको मिहिनेत र संघर्ष नै कारण मानिन्छ। संघर्षका पर्यायी उनै गौतम यतिबेला चुनावी मैदानमा होमिएका छन्। उनी आफूलाई हार्न छुट नभएको बताउछन्। गौतमको उम्मेद्वारीले स्थानीयबासी उत्साहित छन्। घरदैलोका निस्किएका उनलाई स्थानीय बासिन्दाको आशीर्वाद थाप्न भ्यानभ्याई छ।

युवा, वयस्क र वृद्धवृद्धाको रोजाइमा परेका उनले अबको पाँच वर्ष वडाध्यक्ष बनेर जनताको सेवा गर्नेमा ढुक्क छन्, स्थानीय। नेपाली कांग्रेसका तर्फबाट गौरादह– १ मा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका गौतम स्थानीय स्तरमा आफैमा एउटा ‘ब्राण्ड’ हुन्। जसले समृद्ध १ नम्बर वडाको सपनालाई पूरा गराउने एजेण्डा बोकेका छन्।

यस वडामा कृषि र पशुपानलनको आधुनिकिकरणमा जोड दिँदै बेरोजगारी समस्यालाई शुन्यमा झार्न सकिने उनले खाका कोरेका छन्। आफ्नो वडालाई समृद्ध र हराभरा बनाउने अठोट लिएका छन्। वडालाई युवामैत्री बनाउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि उद्यमको क्षेत्रमा आम नागरिकको भावनालाई अध्ययन गरेर काम गर्ने लक्ष्य रहेको पनि उनले बताए।

पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक एवं सिपमुलक तालिम प्रदान गर्ने, अति विपन्नलाई स्वास्थ्य बीमा, खानेपानी, विद्युत महसुलमा छुट दिने उनको प्रतिवद्धता छ। विद्युत विस्तार, गौरादह– १ को मुख्य चोकमा व्यवस्थित शौचालय निर्माण, सैनिक टोलमा सन्थाल जातिका लागि मन्दिर निर्माण, समतामुलक ढंगबाट राहत र अनुदान वितरण उनका एजेण्डा छन्। गौतम २०७४ सालको स्थानीय चुनावमा झिनो मन्तान्तरले एमाले उम्मेदवारसित पराजित भएका थिए।

विगतका पाँच वर्ष एमाले उम्मेद्वारले वडाको ‘कमाण्ड’ सम्हाले पनि यसपटक इन्द्रप्रसाद गौतमको उम्मेद्वारीले कांग्रेसको किल्ला कायम हुने चुनावी जोडघटाउबाट बुझ्न सकिन्छ। उम्मेदवारी दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका उनलाई सबै उमेर समूहका मतदाताले निक्कै रुचाएका छन्।

धेरै भन्छन्,‘अरुलाई सहयोग गर्ने उदार मनका इन्द्रले भष्ट्राचार गर्दैन। सबैलाई समान व्यवहार गर्न रुचाउँछ।’

उनलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले जित्ने शुभकामना सहितको आर्शिवाद दिएका छन्। गौरादह– १ को समृद्धिको सपना उनीबाट मात्रै सम्भव भएको मतदाताको बुझाइ छ।

वडाअध्यक्ष पदमा इन्द्रप्रसाद गौतमसहित खुल्ला सदस्य पदमा पुरुषोत्तम गौतम, खिकबहादुर थापा (देबेन्द्र), महिला सदस्य पदमा इन्दिरा बिष्ट र दलित महिला सदस्य पदमा जानुका परियार ठटाललाई अत्यधिक मत दिइ विजयी गराउन गौतमले सबैमा आग्रह गरेका छन्।

विगतमा कांग्रेसले नेतृत्व गुमाएको १ नम्बर वडामा यो निर्वाचनमा सहजै पार लाग्ने गौतम बताउँछन्। उनले वडा नम्बर १ सहित सिंगो गौरादह नगरमै वैशाख ३० पछि गठबन्धनले विजयी उत्सव मनाउन मात्रै बाँकी रहेको बताए।

प्रकाशित मिति: : 2022-05-04 12:20:00

प्रतिकृया दिनुहोस्