विप्लवका उम्मेदवारले लाज मानेजस्तो गर्नुभएको छ, हौसला दिनुपर्छ: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवारहरूले केही लाज मानेजस्तो गरेकाले उनीहरूलाई हौसला दिनुपर्ने बताएका छन्।

चुनावी अभियानका क्रममा रोल्पामा रहेका पुनले मंगलबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

जिल्लाका गंगादेव, माडी र सुनछहरी गाउँपालिकाको चुनावी सभामा जाने क्रममा अन्तक्र्रिया गर्ने मौका पाएको भन्दै पुनले ढुक्कसँग प्रतिष्पर्धा गर्न आग्रहसमेत गरेका छन्।

‘उहाँहरू (विप्लवका उम्मेदवारहरू) ले केही लाज मानेजस्तो गर्नुभएको छ’, पुनले भने, ‘त्यसो गर्नु हुँदैन यो प्रक्रियामा आएपछि प्रतिस्पर्धा गर्न पाइन्छ, गठबन्धन गर्न पाइन्छ।’

विभिन्न आरोह अवरोहकाबीच विप्लव समूह पनि निर्वाचनको मुल प्रवाहमा आउनु स्वागत योग्य कुरा भएको पनि पुनले बताएका छन्। साथै पुनले रोल्पाका सबै स्थानीय तहमा माओवादीले विजयी हुने पनि दावी गरेका छन्।

प्रकाशित मिति: : 2022-05-10 15:19:00

प्रतिकृया दिनुहोस्