करमा करकर

संविधान, कानुन र राजनीतिक प्रणाली असफल हुने दिशातर्फ त दलका गतिविधि केन्द्रित छैनन् ?

अन्नपूर्ण पोष्ट

जगदीश दाहाल

संघीयता कार्यान्वयनको क्रममा मुलुकमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। शुक्रबारसम्म सबैजसो राजनीतिक दलले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गरेका थिए।

शुक्रबार रातिदेखि सबैको ध्यान मतगणनातर्फ गएको छ। हरेक घण्टा कहाँ कसले जित्ला भन्ने आकलन चलिरहेको छ। स्थानीय निर्वाचनमा दलहरूले विचार र सिद्धान्त मिल्नेभन्दा जसरी पनि निर्वाचन जित्ने गरी गठबन्धन गरे भने अर्कोतर्फ नेकपा एमाले एक्लै मैदानमा उत्रिएको थियो।

अहिलेको निर्वाचनमा दलहरूले अप्राकृतिक गठबन्धन गरेर भए पनि आफू पहिलो बन्ने तयारीमा देखिए। यसो गरिरहँदा समेत जनतालाई राहत हुने गरी कुनै पनि नयाँ कार्यक्रम सार्वजनिक गर्न सकेनन्।

भलै दलहरूले जनतालाई आकर्षित गर्ने गरि घोषणापत्र जारी गरेका छन्। कतिपय राजनीतिक दलका घोषणापत्रहरू जनताका दैनिक जीवनका आवश्यकतालाई सम्बोधन गर्ने किसिमका पनि छन्।

कतिपयले अर्को दललाई गालीगलौज र आलोचना गर्न पाना खर्चिएका छन्। कुनै दलले त एजेन्डा ल्याउन नसकेरै सायद घोषणा पत्रसमेत सार्वजनिक गरेनन्। घोषणापत्रमा उल्लेख गरिएका एजेन्डाहरू पनि कसरी पूरा हुन्छन् भन्ने प्रस्ट मार्गचित्र दलहरूसँग देखिँदैन

 

प्रकाशित मिति: : 2022-05-15 14:46:00

प्रतिकृया दिनुहोस्