न्याय दिन किन आलटाल ?

रातोपाटी

भुपेश उपाध्याय

पछिल्लो समय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका दश फुटबल खेलाडी न्यायका लागि भौँतारिई रहेका छन् ।

उनीहरुले प्रशिक्षकबाट आफूहरू पीडित भएको भन्दै न्याय माग्न लागेको बताएका छन् । एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको समयमा प्रशिक्षक अल्मुताइरीसँग सेवा सुविधाको विषयलाई लिएर खेलाडीको खटपट भएको थियो । सो क्रममा खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए । 

बन्द प्रशिक्षण छोडेका खेलाडीहरू न्यायका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष पुगेका थिए । एन्फाले चुनावको बहाना बनाउँदै अहिले प्रशिक्षकको विषयमा केही गर्न नसक्ने बताएको थियो । त्यसपछि एन्फा अन्तर्गतकै अखिल नेपाल फुटबल खेलाडी संघले न्यायका लागि कदम अघि बढाएको थियो । खेलाडी संघका अध्यक्ष विक्रम लामाले आफूहरू अन्तिमसम्म पनि खेलाडीहरूको न्यायका लागि अघि बढ्ने बताएका छन् । 

प्रकाशित मिति: : 2022-05-16 13:24:00

प्रतिकृया दिनुहोस्