रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ।

कांग्रेस–एमाले–एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा माओवादीका सुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी ३ हजार ३ सय ८७ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सपना बुढामगरले २ हजार ३ सय ८ मत प्राप्त गरेकी छिन्। ६ वटा वडा रहेको यो गाउँपालिकामा ४ वटा वडा माओवादी र २ वटा वडा काँग्रेसले जितेको छ।

अघिल्लो निर्वाचनमा सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो।

प्रकाशित मिति: : 2022-05-16 16:29:00

प्रतिकृया दिनुहोस्