मगर लोकसंस्कृतिमा चण्डीपूजा

बहुभाषिक–बहुसांस्कृतिक नेपालमा ऐतिहासिक मगरातमा वैशाखे पूर्णिमाको आसपासमा चण्डीपूजाको लोकसंस्कृति देख्न पाइन्छ।

अन्नपूर्ण पोष्ट

डा. बिष्णुकुमार सिङजाली

बहुभाषिक–बहुसांस्कृतिक नेपालमा ऐतिहासिक मगरातमा वैशाखे पूर्णिमाको आसपासमा चण्डीपूजाको लोकसंस्कृति देख्न पाइन्छ।

यो पूर्णिमामा बौद्धमार्गीले भगवान् गौतमबुद्धको जन्मदिन मनाउँछन्। नेपालका कतिपय आदिवासीले उभौली चाडका रूपमा मनाउँछन्। मगरहरूले भने यही उभौली चाड, बुद्ध जयन्तीलाई चण्डीपुर्ने (चण्डीपूर्णिमा) चाडका रूपमा मान्छन्।

हिन्दूहरूमा ‘चण्डी’ भनेको शक्तिकी देवी हो। दुर्गा, चण्डिका, महादेवी, कौशिका, कात्यायानी आदि देवीको अवतारको रूपमा लिने गरिन्छ। तर, मगर जातिको चण्डीपूजा हिन्दूको दर्शन र विधिभन्दा पृथक् छ। चण्डीपूजा मेघ÷वर्षाको कामनामा गरिने प्रकृतिको पूजा हो। मगरहरूले यो पूर्णिमालाई चण्डीपुर्ने भन्छन्।

प्रकाशित मिति: : 2022-05-16 18:01:00

प्रतिकृया दिनुहोस्