खुसी पाठ्यक्रम

स्थानीय पाठ्यक्रमका सट्टामा खुसी पाठ्यक्रम लागू गर्न सक्नुपर्छ। यसो भयो भने बालबालिकाको सर्वांगीण विकासमा सकारात्मक प्रभाव पर्नेछ।

अन्नपूर्ण पोष्ट

प्रेमनारायण भुसाल

नियमित तालिकाभन्दा एक महिना ढिलो गरी विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ।

विगत दुई वर्षमा सिकाइ क्षति व्यहोरेका विद्यार्थी नयाँ सत्रमा विद्यालय प्रवेश गर्दै गर्दा उनीहरूले सिक्न नसकेका कुरा मात्र होइन, महामारी र यसले निम्त्याएका अन्य असामान्य अवस्थाले सिर्जना गरेको उनीहरूको मनोसामाजिक अवस्थासमेत विचारणीय देखिन्छ।

लकडाउन र महामारीको त्रासले विगत दुई वर्ष नियमित पठनपाठनले निरन्तरता नपाएकै कारण बालबालिकाको पठन संस्कृति र आनीबानीमा समेत परिवर्तन आएको छ। उनीहरूलाई लयमा फर्काउन र सिकाइ क्षतिलाई न्यूनीकरण गर्न विशेष कार्यक्रमहरू अगाडि सार्नुपर्ने वर्तमान अवस्था छ। तर, देशको आर्थिक अवस्थालाई देखाएर हप्तामा दुई दिन बिदा दिने घोषणा गरिएको छ।

अकस्मात् आएको यस निर्णयले पनि बालबालिकाको मनोदशा तथा पठनपाठन तालिकामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।

प्रकाशित मिति: : 2022-05-17 15:40:00

प्रतिकृया दिनुहोस्