एमाले र गठबन्धनलाई भाेट मागिरहेका नानीबाबुहरू

शिलापत्र

राजेश शर्मा

सानो उमेरका बालबालिकाले नृत्य अभ्यास गरेको भिडियो मेरो म्यासेन्जरमा आयो । नेकपा एमालेको अर्घाखाँची पार्टीको स्थानीय कार्यकर्ताले त्यो भिडियो फेसबुकमा पोस्ट गरेका थिए ।

प्राय: १२ वर्षमुनिका देखिने बालबालिका एमालेको चुनावी गीतमा नाचिरहेका थिए । लोकेन्द्र शाहको फेसबुकमा त्यो पोस्ट थियो ।निर्वाचन आचारसंहिता र विद्यमान कानुनअनुसार त्यसो गर्नु गलत हो । यो भिडियो हटाउनू र बालबालिकालाई चुनावी कार्यक्रममा प्रयोग नगर्नू भनेँ ।

‘हाम्रो गाउँका बारेमा टाउको नदुखाउनू’ भन्ने जवाफ आयो । कानुनी कुरा गरेपछि उनले भने, ‘थाहा छ, तर आफ्नै परिवारको व्यक्ति उम्मेदवार हुँदा पनि नपाउने हुन्छ र ? कुनै स्कुल संस्थाबाट बालबालिका ल्याएको होइन ।’

प्रकाशित मिति: : 2022-05-18 15:14:00

प्रतिकृया दिनुहोस्