प्रदेश १ : उपप्रमुख तथा उपाध्यक्षमा पनि ठगिए महिला

रातोपाटी

अर्जुन आचार्य

प्रदेश १ को १३५ स्थानीय तहको निर्वाचन परिणाम अनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ ।

उदयपुरको त्रियुगा र कटारीको मत गणना सकिनु अघि प्राप्त विवरण अनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना महिला मात्रै पुग्न सके ।

प्रदेश १ मा प्रमुख पदमा जित्ने महिलाको सङ्ख्या ०७४ सालको तुलनामा बढे पनि उपप्रमुख पदमा भने महिलाको सङ्ख्या उल्लेख्य घटेको छ । उपप्रमुख पदमा ३६ जना पुरुषले महिलाको ठाउँ ओगटेका छन् ।

तथ्याङ्क अनुसार ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाम र झापामा ३÷३, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा २, सुनसरीमा १, सोलुखुम्बुमा २, खोटाङमा ७, ओखलढुंगामा ३ र उदयपुरमा ३ जना पुरुष उपप्रमुख र उपाध्यक्षमा जितेका छन् ।

प्रकाशित मिति: : 2022-05-25 15:00:00

प्रतिकृया दिनुहोस्