अन्तर्घातको पराकाष्ठा

आफू वा आफ्नाले टिकट नपाए अन्तै भोट हाल्ने प्रवृत्ति पार्टीमा हावी भयो।

संवैधानिक समयसीमा भित्रै स्थानीय तह निर्वाचन सम्पन्न भएको छ। अधिकांश स्थानको नतिजा पनि आइसकेको छ।

दलहरू चुनावी समीक्षामा जुटेका छन्। यो चुनावमा पाँच दल एकातिर, एमाले अर्कोतिरबाट प्रतिस्पर्धामा थियो। विपक्षी दलविरुद्ध सत्तापक्षले गठबन्धन गरेको थियो। जबकि, यो गठबन्धन नै अपवित्र थियो।

विपक्षमा पुगे पनि एमाले बलियो र लोकप्रिय शक्ति भएकै कारण पाँचदलीय घेराबन्दीको षड्यन्त्र रचियो। जनताको अपार साथ, माया र आशाको केन्द्र बनेकै कारण एमालेले राम्रै नतिजा ल्यायो। सत्ताको चरम दुरुपयोगबीच पनि एमाले मुलुकको प्रमुख शक्ति हो भन्ने जनमतबाटै प्रमाणित भएको छ।

गठबन्धन बनेदेखि नै एमालेमाथि अनेक षड्यन्त्र रचिए। चुनावअघि सबै जिल्लाका सीडीओ र प्रहरी प्रमुख आफू अनुकूलका व्यक्ति पठाइयो। चुनावमा एमालेमाथि आक्रमण गरियो। राज्यशक्तिको व्यापक दुरुपयोग भयो। सत्तापक्षका नेता/कार्यकर्तालाई कर्मचारी र प्रहरी प्रशासनले संरक्षण गर्‍यो।

पैसाको खोलो बग्यो। र, पनि प्रहरी प्रशासन अनदेखा बन्यो। एमालेलाई हराउन सम्पूर्ण रूपमा प्रहरी प्रशासनको दुरुपयोग गरियो। आफू अनुकूल नतिजा आउन नसक्ने स्थानमा पुनः मतदान गराइयो। विपक्षीका कारण कतै पनि पुनः चुनाव भएन। सत्तापक्षीय गठबन्धनलाई जिताउन जताततै धाँधली गरियो। 

प्रकाशित मिति: : 2022-05-28 13:03:00

प्रतिकृया दिनुहोस्