बालेनलाई जिताएर मतदाताले दिन खोजेको सन्देश र स्वतन्त्र मेयरको अन्तर्राष्ट्रिय अनुभव

लोकान्तर

श्रीराम अधिकारी

बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा कार्यभार सम्हालिसके पनि उनको जीतको चर्चा सेलाएको छैन ।

स्वतन्त्र उम्मेदवारका रूपमा भएको बालेनको विजय पुरातनवादी राजनैतिक दलले इन्टरनेटको जालोमा घोत्लिने नयाँ जेनरेसन, खाडीमा काम गर्ने युवाका अभिभावक, युरोप अमेरिका बस्ने नेपाली विद्यार्थीका परिवारको इच्छा आकांक्षालाई सम्बोधन गर्न नसकेको परिणाम हो । यो राजनैतिक दललाई चेतावनी पनि हो । 

अर्कातर्फ योग्य, सक्षम र शिक्षित उम्मेदवार दिन नसक्ने दल अनि राजनैतिक पहुँचको आधारमा मात्र सेवाग्राहीको काम फत्ते हुने परम्परा बसाल्ने दलहरूप्रतिको आक्रोश र बदला नै बालेनसहितका स्वतन्त्र उम्मेदवारको जीतमा निर्णायक ठहरिए ।

प्रकाशित मिति: : 2022-05-31 15:45:00

प्रतिकृया दिनुहोस्