वैदेशिक रोजगारीमा हिँडेका मुखिया मेडिकल कलेजको शय्यामा छटपटाउँदै

शिलापत्र

काठमाडौं

वैदेशिक रोजगारका लागि कुवेत जान घरबाट बिदावारी भएर हिँडेका धनुषाको जनकपुर उपमहानगरपालिका २२ का ३९ वर्षीय विनोद मुखिया भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको शय्यामा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उड्न उनी शुक्रबार जनकपुरबाट भैरहवाका लागि रात्रि बसमा चढेका थिए । उनी चढेको बस गन्तव्यमा नपुगी आइतबार बिहान रुपन्देहीको रोहिणी नदीमा खस्यो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान ८ हजार सस्तो हुने भएपछि मुखियाले भैरहवाबाटै उड्ने निर्णय लिएका थिए । जजिराको फ्लाइट रातिमा हुने भएकाले आज बिहान आए पनि राति मात्रै हिँड्ने योजनामा थिए उनी । ३ सय ७५ किलोमिटरको गन्तव्यका लागि गुडेको उनी सवार बस ३ सय ७१ किलोमिटर जति गुडेपछि दुर्घटनामा पर्‍यो । 

प्रकाशित मिति: : 2022-06-05 18:39:00

प्रतिकृया दिनुहोस्