मिस नेपाल वर्ल्डका सहभागीलाई आईआईएफटीको पहिरन

File photo
File photo

नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वल्र्ड–२०२२’का प्रतियोगीहरुले यसवर्षको ओपनिङ राउण्डमा इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा उपस्थिति जनाउने भएका छन्।

यस पटकको प्रतियोगितामा २४ सुन्दरीले प्रतिष्पर्धा गर्दैछन्।४ असारमा हुने ग्राण्ड फिनालेमा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजाइनिङ पहिरनमा प्रस्तुत हुन लागेका हुन्।

आईआईएफटीबाट ग्राजुएट १० जना फेसन डिजाइनरहरू यतिबेला २४ जना सुन्दरीका लागि पहिरन तयार गर्न व्यस्त छन्।

फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रीष मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन्।

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ। तर, थिमबारे खुलाइएको छैन।

आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ। काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ।

यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि संयोजनको काम गरिसकेको छ।

प्रकाशित मिति: : 2022-06-07 14:20:00

प्रतिकृया दिनुहोस्