हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ। जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनको अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो।
यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन्। उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन्।
भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन्। उनी बोल्न पनि झन्झट मानिरहेका छन्। ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ। यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ। यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन्।
भिडियोमा उनले आफ्नो अनुहार फ्यानलाई पटक पटक देखाएका छन्। उनले कसरी आफ्नो एक भागको आँखा झिम्कन सकेको छैन भनिरहेका छन्। उनी एक भागमा हास्नसमेत सकेका छैन र नाक पनि हल्लिएको छैन।
‘यो समय म स्टेज प्रस्तुती दिन सकेको छैन, किनकी मेरो शरीरले काम नै गरेको छैन। यो भाइरस निकै गम्भीर किसिमको छ। तपाईंहरु मेरो शरीरलाई देख्न सक्नुहुन्छ’, उनले भनेका छन्।