विराटनगरको पहिलो कार्यपालिका बैठकमै मेयर उपमेयरले मागे ३५ करोड

विराटनगर महानगरपालिकाको कार्यापालिका पूर्ण भएपछि पहिलो बैठक बसेको छ।

बैठकमा बजेट निमार्ण र अन्य विविध पक्षका विषयमा छलफल भएको महानगरपालिकाले जानकारी दिएको छ।आगामी वर्षको लागि कति बजेट छुट्याउने र कस्तो कार्यक्रम बनाउने भन्ने विषयमा छलफल भएको छ।

छलफलमा प्रस्तावको रुपमा १९ वटा वडालाई २५ करोड रुँपैया र मेयर उपमेयरलाई ३५ करोड रुँपैया छुट्याउनु पर्ने विषयले प्रवेश पाएको छ। वडा अध्यक्षहरुले भने सो विषयमा असहमति जनाएका छन्।

उनीहरुले वडाको सिलिङ रकम कम्तिमा २ करोड हुनुपर्ने माग गरे। उनीहरुले मेयर र उपमेयरका लागि छुट्याउन प्रस्ताव गरिएको रकम पनि जायज नभएको बताए।

कार्यापालिका सदस्य वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले बजेटको विषयमा प्रारम्भिक छलफल मात्र भएको बताए। उनले बजेटको प्रारुप ल्याउनको लागि छलफल अझै हुने बताए।

कार्यापालिका सदस्यहरुले यथार्थ परक बजेट मात्र ल्याउन सुझाव दिएका छन्। कार्यपालिका बैठकले विभिन्न सडक निमार्णको म्याद थप लगायतका निर्णय गरेको छ।

प्रकाशित मिति: : 2022-06-13 18:31:00

प्रतिकृया दिनुहोस्