र्यापर जी-बब र उनको परिवारबीच बढेको विवाद प्रहरीको रोहवरमा सहमतिमा टुङ्गिएको छ।
जिबबको आमा-बुबा, जी-बब र एनएनटिएफविचको विवादबारे सोमबार प्रहरी परिसर काठमाडौँमा तीन बुँदे सहमति भएको हो।
सहमतिअनुसार जी-बब लाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ। त्यहाँ रहँदा उनले चाहेको समयमा परिवारसँग भेट्न पाउने छन्।
त्यस्तै कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनुपर्ने पनि भनिएको छ।
अल नेपाल ठग फेमिलीले जी-बब को कार्यक्रमहरू गर्ने र जिबब घर नगएपछि परिवारले आपत्ति जनाएपछि जी-बब ले आफूलाई घरबाट टर्चर भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले दुई चरणमा छलफल गरेर सहमत गराएको हो।